अब सातामा दुई दिन सार्वजनिक बिदा: शनिबार र आइतबार सरकारी कार्यालय बन्द
काठमाडौँ, चैत २२ — सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सरकारी कार्यालय बन्द रहने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय भोलिदेखि नै कार्यान्वयनमा आउनेछ।
सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

