सुशासन मार्गचित्र कार्यान्वयनमा सरकार अग्रसर



काठमाडौँ, चैत २३ — सरकारले जनमुखी र जवाफदेही राज्य प्रणाली निर्माणका लागि शासकीय सुधार तथा सुशासनको मार्गचित्र २०८२ कार्यान्वयनमा जोड दिएको छ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सेवा प्रवाह सुधार र पारदर्शिता बढाउने लक्ष्य राखेको जनाएको छ।

मार्गचित्र व्यापक परामर्शपछि तयार गरिएको जनाउँदै सरोकारवालाले यसको कार्यान्वयनबाट राज्य प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

विज्ञहरूले प्रभावकारी अनुगमन, शक्तिशाली आयोग गठन र सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

सरकारले आवश्यक कानुनी र संरचनात्मक सुधारमार्फत सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्