नुवाकोटमा युवक मृत अवस्थामा फेला, सवारी ठक्करको आशंका



नुवाकोट, चैत २३ — नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँस्थित तिनपिप्ले–बन्चरेडाँडा सडकखण्डमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार स्थानीय २९ वर्षीय सुजन बलामी आफ्नै घरअगाडि सडकको बीच भागमा लडिरहेको अवस्थामा भेटिएका थिए। उनलाई मृत अवस्थामा फेला पारिएको र घटनामा सवारी साधनको ठक्कर लागेको आशंका गरिएको छ।

घटनासम्बन्धी सूचना राति करिब १:२० बजे प्राप्त भएको थियो। घटनामा संलग्न भएको आशंकामा बा.प्र.०१–००३ क ७९७१ नम्बरको टिपर र चालक २४ वर्षीय नवीन बलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्