मानसिक स्वास्थ्य समस्या भएकी नुवाकोट पञ्चकन्याकी युवतीलाई निःशुल्क उपचारमा सहयोग



नुवाकोट, चैत २३ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ कात्तिकेकी एक युवतीलाई मानसिक स्वास्थ्य उपचारका लागि निःशुल्क अस्पताल भर्ना गरिएको छ।

पञ्चकन्या गाउँपालिका–३ निवासी धनबहादुर तामाङकी छोरी कुमारी तामाङ विगत केही महिनादेखि मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहँदै आएकी थिइन्। उनलाई उपचारका लागि लायन्स क्लब अफ नुवाकोट पञ्चकन्याको पहलमा अस्पताल भर्ना गरिएको हो।

उपचार तथा समन्वयमा गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता सुष्मा राउत, काठमाडौं महानगरपालिकाकी मनोपरामर्शकर्ता सन्ध्या खतिवडा र मानसिक अस्पताल लगनखेलका स्वास्थ्यकर्मी किरणको सहयोग रहेको जनाइएको छ।

उहाँलाई मानसिक उपचारका लागि ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएको हो। स्थानीय तह, स्वास्थ्यकर्मी र सामाजिक संस्थाबीचको समन्वयले मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्