ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न आदेश
काठमाडौँ,चैत २३ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।
अदालतले रिट खारेज गर्दै उनीहरूको म्याद थप नगर्न परमादेशसमेत जारी गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभएको छ।
यस आदेशसँगै सम्बन्धित मुद्दामा उनीहरूलाई थप हिरासतमा राख्ने प्रक्रिया अगाडि नबढ्ने भएको छ।

