जेन–जी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ,चैत २३— गत भदौ अन्तिम सातामा भएको जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा सोमबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ।
नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि आयोजित कार्यक्रममा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङसमेत सहभागी हुनुभएको थियो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।
यद्यपि आन्दोलनका क्रममा मृत्यु भएका कुल ७६ जनामध्ये ४१ जनालाई फरक सूचीमा राख्दै उनीहरूको मृत्युको कारणबारे प्रश्न उठाइएको छ।

