प्रतिनिधिसभा बैठक आज, तीन विधेयक प्रस्तुत हुने



काठमाडौँ,चैत २४ — सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने भएको छ।

आजको बैठकमा सङ्घीय संसद्मा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पेश गरिने जनाइएको छ।

उक्त विधेयकहरू पारित भएमा सम्बन्धित क्षेत्रको कानुनी र संरचनागत सुधारमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्