राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौँ,चैत २४— सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित दूतावासहरूलाई पत्राचार गर्दै ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णयबारे जानकारी गराएको छ।फिर्ता बोलाइएका राजदूतहरूमा शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अष्ट्रेलिया), पूर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) रहेका छन्।
उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ। यी राजदूतहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको थियो।
यसअघि पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ३० गते एकैपटक ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको थियो।त्यतिबेला पनि राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई हटाउने निर्णय गरिएको थियो।
सरकारको यो निर्णयलाई कूटनीतिक नियुक्तिमा सुधार र पुनर्संरचनाको कदमका रूपमा हेरिएको छ।

