नुवाकोट बेलकोटगढीमा वडास्तरीय कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम सम्पन्न
नुवाकोट,चैत २४ — बेलकोटगढी नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरीय कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार आयोजित कार्यक्रममा वडा नं. ८ र ९ का जनप्रतिनिधि, मेलमिलापकर्ता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम शिव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा तथा सम्बन्धित वडाका अध्यक्षहरूको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकका रूपमा द्धवारिका प्रसाद पाण्डे र राजेश के.सी.ले सहजीकरण गर्नुभएको थियो।
स्थानीय तहमा न्यायिक पहुँच सुदृढ गर्दै समुदायस्तरमा कानुनी ज्ञान विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

