जेन–जी आन्दोलनबारे ओली र लेखकले गल्ती स्वीकार गर्नुपर्ने महावीर पुनको टिप्पणी
काठमाडौँ,चैत २४ — प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। सांसद पुनले आन्दोलनका क्रममा गोली चलाउने प्रत्यक्ष आदेश नदिएको भए पनि सरकार प्रमुखको हैसियतले जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नुभयो। साथै तत्कालीन गृहमन्त्री रमेश लेखकको सन्दर्भमा पनि नेतृत्व तहले घटनाप्रति जिम्मेवारी वहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले मातहतका निकायबाट भएको त्रुटि नेतृत्व तहले स्वीकार गर्नुपर्ने तर्क गर्दै गल्ती भएको भए सार्वजनिक रूपमा माफी माग्न हिच्किचाउन नहुने बताउनुभयो।

