अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन



काभ्रेपलाञ्चोक,चैत २४ — गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ।

रोशी खोलाको स्थलगत निरीक्षणका क्रममा मन्त्री गुरुङले मापदण्डविपरीत भइरहेको उत्खनन कार्य रोक्न कडा निर्देशन दिनुभएको हो।

अनियन्त्रित रूपमा गिट्टी र बालुवा उत्खनन हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै उहाँले गम्भीर चासो व्यक्त गर्नुभयो। प्राकृतिक स्रोतको दोहन भइरहँदा त्यसको नियन्त्रणमा सम्बन्धित निकायले तदारुकता नदेखाएकोप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभयो।

स्थानीयवासीसँगको छलफलका क्रममा मन्त्री गुरुङले विगतमा राजनीतिक संरक्षणमा ‘सेटिङ’ मिलाएर अवैध उद्योग सञ्चालन भएको आरोप लगाउँदै अब यस्तो गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “पहिले के भयो, त्यो आफ्नो ठाउँमा छ, तर अब यस्ता गैरकानुनी गतिविधि मेरो कार्यकालमा चल्न दिइने छैन। अवैध क्रसरका कारण बस्ती नै जोखिममा पर्ने कार्यलाई कडाइका साथ रोक्नेछु।”

प्रतिक्रिया दिनुहोस्