नुवाकोट किस्पाङमा रक्तदान शिविर सम्पन्न, ३८ जनाले गरे रक्तदान



नुवाकोट,चैत २५— किस्पाङ गाउँपालिकाको आयोजनामा बुधबार सम्पन्न रक्तदान शिविरमा ३८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको उक्त शिविर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

शिविरमा स्थानीय युवासहित विभिन्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउने सबै रक्तदाताप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

त्यस्तै, शिविर सफल बनाउन प्राविधिक सेवा उपलब्ध गराउने रक्तसञ्चार केन्द्र तथा सहजीकरण गर्ने सम्पूर्ण सहयोगीहरूलाई पनि गाउँपालिकाले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्