स्वास्थ्यका कारण ओली रिहा, अदालतको समयसीमा नाघिएपछि शर्तसहित छुट



काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो। प्रहरीका अनुसार अबको बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्नेछन्।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए।

यसैबीच, उनकी पत्नी राधिका ओली ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

सर्वोच्च अदालत ले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। साथै, तोकिएको समयसीमाभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्