उपसभामुख पदमा रुवीकुमारी ठाकुरको उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्दै
काठमाडौं,चैत २६ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ।
बिहीबार संघीय संसद् सचिवालयमा उहाँले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो।
ठाकुरको उम्मेदवारी रास्वपाका सांसद अशोककुमार चौधरीको प्रस्तावमा दर्ता गरिएको जनाइएको छ।
यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ।
दुई उम्मेदवार मैदानमा उत्रिएसँगै उपसभामुख चयन प्रक्रिया प्रतिस्पर्धात्मक हुने देखिएको छ।

