संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य



काठमाडौं,चैत २६ । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो।

यसअघि भने संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्