ट्रलीमा ठोक्किँदा पूर्व वडा अध्यक्षको मृत्यु



रूपन्देही, चैत २८ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका–३ का ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकी राखिएको ट्रलीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।

घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्