लुम्बिनीका विद्युतीय बस ६ वर्षदेखि थन्किए, सञ्चालन अझै अनिश्चित



भैरहवा,चैत २७ । भैरहवास्थित लुम्बिनीमा छ वर्षअघि ल्याइएका पाँच विद्युतीय बस र १४ भ्यान सञ्चालन हुन नसकी थन्किएका छन्।

प्रदूषणरहित यातायातमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य भए पनि स्पष्ट कार्यविधि, प्राविधिक अभाव र मर्मत समस्याका कारण सेवा प्रभावकारी बन्न सकेको छैन।

हालै दुई दिन परीक्षणका रूपमा बस सञ्चालन गरिए पनि पुनः बन्द गरिएको छ। सवारी बिग्रिएका, चार्जिङ स्टेशन अव्यवस्थित र दक्ष जनशक्ति अभाव मुख्य समस्या बनेका छन्।

सरकारले पुनः सञ्चालनको प्रयास थाले पनि मर्मत खर्च, कानुनी स्पष्टता र आर्थिक कार्यविधि अभावले योजना अझै अनिश्चित अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्