भिरबाट खसेर मृत्यु भएका एक जनाको शव फेला



सल्यान,चैत २७ । भिरबाट सल्यानमा एकजनाको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका–६ मल्चा निवासी ५९ वर्षीय प्रेमबहादुर कामीको सोहि स्थानस्थित चिसापानी भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार दिउँसो २ बजेतिर स्थानीयले चिसापानी भिरबाट करिब १०० मिटर तल खसेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

मृतक प्रेमबहादुर गत चैत २५ गते जाजरकोटबाट घर फर्कने क्रममा उक्त घटना भएको बुझिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्