दुई सर्जक सम्मानित
काठमाडौं,चैत २७ । एपेक नेपालले २७ औँ वार्षिकोत्सवका अवसरमा दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘विश्व–ज्योति काव्य सम्मान–२०८२’ कवि तथा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ लाई ५१ हजार रुपैयाँसहित प्रदान गरिएको हो। यस्तै ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार–२०८२’ सुर्खेतकी लघुकथाकार हिमा रोका ‘प्रतिज्ञा’ लाई उनको कृति ‘प्रतिज्ञा’ का लागि प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा अभि सुवेदी ले दुवै सर्जकलाई सम्मान गरेका थिए र रोकाको कृति तथा नेपाल–भारतका कविताको अनुवादित सङ्ग्रह ‘अनुभूति’ को लोकार्पणसमेत गरेका थिए।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले मञ्जुललाई प्रेरणादायी सर्जक भन्दै रोकाको लघुकथालाई शक्तिशाली र प्रभावशाली भएको टिप्पणी गरेका थिए।

