विदुर नगरपालिकाको शैक्षिक उपलब्धि सुधारोन्मुख
नुवाकोट, चैत २७ । विदुर नगरपालिकाले विद्यालयहरूको ‘शैक्षिक उपलब्धिको तुलनात्मक अवस्था सार्वजनिक’ गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ।
कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा शिक्षा शाखा प्रमुख नवराज सापकोटाले कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) का पछिल्ला तीन शैक्षिक सत्रका तथ्याङ्क विश्लेषण प्रस्तुत गरेका थिए। प्रस्तुतिमा नगरभित्रको शैक्षिक उपलब्धि क्रमशः सुधारोन्मुख रहेको जानकारी दिइयो।
यससँगै नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका नवीनतम कार्य तथा सुधारात्मक प्रयासबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितसहित वडा नं. २ का अध्यक्ष दीपक कायस्थ, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारी, वडा नं. ११ का अध्यक्ष बाबुराम तामाङ, शिक्षा समितिका सदस्यहरू तथा जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो।

