कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा



काठमाडौं, चैत २७ । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्।

बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठ बाट पक्राउ परेका लम्साललाई अनुसन्धानका क्रममा आज हाजिरी जमानीमा रिहा गरिएको हो।

अमेरिकामा बस्दै आएकी एक युवतीले गत शुक्रबार लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्