रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित, २२९ मतसहित शानदार जित



काठमाडौं, चैत २७ — श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन्।

शुक्रबार सम्पन्न निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा विजय हासिल गरेकी हुन्।

सभामुख डीपी अर्यालका अनुसार सदनमा उपस्थित २५६ सांसदमध्ये ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत परेको थियो। यस्तै, २२ जना सांसद तटस्थ बसेका थिए।

ठाकुरलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो।

नेकपा एमालेले भने उक्त निर्वाचनमा भाग लिएको थिएन भने राप्रपा प्रतिस्पर्धामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्