नुवाकोटको छहरेमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किँदा दुई घाइते
नुवाकोट,चैत २७–टोखा–छहरे सडक खण्ड अन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा विद्युतीय गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
शुक्रबार बेलुकी करिब ७:३० बजे काठमाडौबाट त्रिशुलीतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख ९१५१ नम्बरको विद्युतीय गाडी र मधेस प्रदेश ००६ प ३८७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा शिवपुरी गाउँपालिका–८ थानापतिका स्थानीय अर्जुन पाठक र दुप्चेश्वर ७ का राम थापा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
घटनापछि गाडीलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको छहरे अस्थायी प्रहरी पोस्टले जनाएको छ।

