नुवाकोटमा आज र भोलि विद्युत अवरुद्ध हुने
नुवाकोट, चैत २८ – नुवाकोटका विभिन्न स्थानमा आज र भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत नुवाकोट वितरण केन्द्र त्रिशुलीले लाइन मर्मत, सम्भार तथा बुसकटिङ कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्न लागिएको जनाएको छ।
आज चैत २८ गते बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म त्रिशुली सब–स्टेशनको फिडर नं. २ अन्तर्गत विदुर नगरपालिका–७ का तुप्चे, किस्पाङ गाउँपालिका–२ का फिकुरी र किस्पाङ गाउँपालिका–५ मनकामना लगायतका क्षेत्रमा विद्युत सेवा बन्द रहनेछ।
त्यस्तै, भोलि चैत २९ गते आइतबार दिउँसो ११:०० बजेदेखि ३:०० बजेसम्म देवीघाट हाइड्रोपावरबाट सञ्चालित फिडर नं. ३ अन्तर्गत विदुर नगरपालिका क्षेत्रका सेरा, लिखु–३, ढाडेफेदी, चतुराली हुँदै रानीपौवा क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाइएको छ।
प्राधिकरणले सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक काम समयमै सम्पन्न भएमा निर्धारित समयअघि नै लाइन सुचारु गरिने जनाएको छ। ग्राहकहरुलाई आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ।

