नुवाकोटमा रुख काट्ने क्रममा दुर्घटना : एकको मृत्यु, दुई घाइते



नुवाकोट,चैत २८  — नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ मा आज बिहान रुख काट्ने क्रममा दुर्घटना भएको छ। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी ३३ वर्षीय प्रेमबहादुर तामाङको घटनास्थलमै ज्यान गएको छ। उनी वडा नम्बर ९, आलडाडाका स्थानीय बासिन्दा रहेको जनाइएको छ।

त्यस्तै, बेलकोटगढी नगरपालिका वडा नम्बर १० का माधब भुजेल र अरुण तामाङ सख्त घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको र उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।

वडा नम्बर ९ का अध्यक्ष दुर्गाप्रसाद गजुरेलका अनुसार रुख काट्ने क्रममा अचानक भएको दुर्घटनाले उक्त क्षति भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्