नुवाकोट सुनचाँदी व्यवसायी संघमा भिमराज बज्राचार्य पुनः अध्यक्ष



नुवाकोट, चैत २८ — नुवाकोट सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न साधारणसभा तथा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट भिमराज बज्राचार्य पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

संघको १२औँ र १३औँ वार्षिक साधारणसभापछि सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिअनुसार उपाध्यक्षमा प्रदीप शाक्य, सचिवमा सविन अमात्य र कोषाध्यक्षमा ईश्वरबहादुर सुनार निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा नानु गुरुङ, राजकुमार सुनार, शैलेन्द्र बज्राचार्य, सुजनरत्न बज्राचार्य, सन्तोष सुनार र ईश्वर विश्वकर्मा चयन भएका छन्।संघले सुनचाँदी व्यवसाय उच्च लगानी, सुरक्षा जोखिम तथा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका कारण चुनौतीपूर्ण बन्दै गएको जनाएको छ। यस्ता चुनौतीलाई मध्यनजर गर्दै व्यवसायीहरूलाई सचेत, सुरक्षित र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्य राखिएको संघले जनाएको छ।

त्यसैगरी व्यवसायको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत संघले अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्