इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते
दाङ,चैत २९— तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित एक इँट्टाभट्टाको पर्खाल भत्किँदा आज एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल अचानक भत्किँदा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई दाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

