राप्रपा भित्र आन्तरिक विवाद चर्कियो, महाधिवेशनको मिति घोषणा गर्न माग
काठमाडौं,चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका महामन्त्री धवल शमशेर राणा को नेतृत्वमा आइतबार काठमाडौंमा आयोजित भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ।
भेलाले पछिल्लो निर्वाचन परिणामलाई “शर्मनाक” भन्दै परिणाम आएको डेढ महिना बितिसक्दा पनि समिक्षा र जिम्मेवारी निर्धारण नहुनु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ। यसले पार्टीभित्र अन्योलता बढाएको र कार्यकर्ता तथा समर्थकमाझ निराशा फैलिएको दाबी गरिएको छ।
भेलापछि जारी विज्ञप्तिमा मध्यावधि निर्वाचनका क्रममा उम्मेदवारी चयन र निर्णय प्रक्रियामा विधि, पद्धति र आन्तरिक लोकतन्त्रको पालना नभएको आरोप लगाइएको छ। साथै केन्द्रीय कार्यसमिति तथा सम्बन्धित निकायहरूलाई प्रभावहीन बनाइएको उल्लेख गरिएको छ।भेलाले पार्टी नेतृत्वलाई शीघ्र महाधिवेशनको मिति घोषणा गरी संगठनलाई स्पष्ट दिशा दिन आग्रह गरेको छ।


