ओलीको पित्तथैलीको शल्यक्रिया जारी, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार



काठमाडौँ, चैत ३० – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को सोमबार पित्तथैलीको शल्यक्रिया भइरहेको छ।

उहाँको सचिवालयका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मा शल्यक्रिया जारी रहेको छ। अस्पतालले पनि अध्यक्ष ओलीको शल्यक्रिया भइरहेको पुष्टि गरेको छ।

यसअघि अध्यक्ष ओलीलाई यही चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उहाँ अस्पतालमै उपचाररत रहनुभएको थियो।

उहाँको रिहाइका लागि सर्वोच्च अदालत ले परमादेश जारी गरेपछि गत बिहीबार हाजिरी जमानीमा रिहा हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्