प्रधानमन्त्री शाह र बागमती प्रदेशका संघीय सांसदहरुबीच छलफल
काठमाडौं,चैत ३० । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका सांसदहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा बागमती प्रदेशको विकास, स्थानीय सरकारसँगको समन्वय र संचालनमा रहेका विकास आयोजनाहरु आवस्था लगायतका विषयमा छलफल भएको छ ।
यसअघि पनि प्रधानमन्त्री शाहले विभिन्न प्रदेशका संघीय सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गर्दै आउनुभएको छ। सोही क्रमअन्तर्गत बागमती प्रदेशका सांसदहरूसँगको छलफललाई निरन्तर संवादको रूपमा लिइएको छ।
विशेषगरी विकास आयोजनाको गति बढाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा केन्द्र–प्रदेश समन्वयलाई थप मजबुत बनाउने विषयहरुमा छलफल केन्द्रीत छ ।

