नुवाकोटमा आज बालेन शाहको भेटघाट कार्यक्रम



नुवाकोट,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज नुवाकोट आउदैछ्न । उनको सचिवालयका अनुसार बिहान ९ः०० बजे काठमाडौंबाट नुवाकोट आउने तयारी रहेको छ ।

नुवाकोट क्षेत्र नं. १ अन्तर्गत छहरे बजारमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ । निर्धारित कार्यतालिकाअनुसार छहरेमा स्थानीयसँग भेटघाट तथा छलफल पश्चात् ढिकुरेमा अर्को भेटघाट कार्यक्रम तय गरिएको छ।

भेटघाटका क्रममा स्थानीय सरोकार, विकास निर्माणका मुद्दा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। पार्टी कार्यकर्ता तथा समर्थकहरूले कार्यक्रमको तयारी पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्