आर्यघाटले के भन्छ…जस्ता नारा लगाउदै मानवताकै धज्जी उडाए नेविसंघ मकवानपुरले(भिडियो)



काठमाडौ,फागुन-२१।प्रधानमन्त्री केपी शर्मा ओलीको आज  मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट बिरामी परेका प्रधानमन्त्रीको सर्वत्र स्वास्थ्यको चिन्ता गरिएको छ।र स्वास्थ्य लाभको निम्ति  विभिन्न क्षेत्रमा पूजा तथा  दिप प्रज्वलन कार्यक्रम समेत भैरहेको छ ।

तर मकवानपुरमा भने नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य, अमर्यादित प्रर्दशन गरेका छन् ।

आफुहरुलाई लोकतन्त्रको संवाहक ठान्ने पार्टीका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्घिको विरुद्धको नाममा गरिएको राँके जुलुसमा मानवताकोनै धज्जी उडने गरि“आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”जस्ता नारा लगाउदै नगर परिक्रमा गरेका छन।

प्रधानमन्त्री ओली जिवनमरणको क्षणमा अस्पतालमा उपचार भैरहेको बेला नेविसंघ र तरुण दलका कार्यकर्ताहरुको यस्तोखाले हर्कतप्रती सामाजिक संजाल लगायत विभिन्न ठाउँमा मानवता हराएको भनी टिप्पणी भएको छ ।

सत्रुलाई पनि दुखका बेला सहयोग गर्ने नेपाली संस्कृतिप्रती खिल्ली उडाउने काम भएको उनीहरुले प्रतिक्रिया दिएका छन ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको लागि निकालिएको भनिएको जुलुशको अधिकांश समय नेविसंघ र तरुण दलले प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ” जस्ता नारा लगाउन ब्यस्त  थिए ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्