घरभित्रै रहन प्रहरीको अनुरोध



काठमाडौं,चैत-१०।सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’ सन्देश बनाई सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको हो।यसका साथै सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा समेत प्रहरीले निगरानी बढाएको छ ।

अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्दै प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ ।

यससग सम्बन्धित समाचार आजको गोरखापत्र दैनिकमा देवहादुर कुँवरले  लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्