त्रिपुरेश्वरमा बसमा आगलागी गराएका चालकको उपचारका क्रममा निधन



काठमाडौं,असोज ६ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १ बजे त्रिपुरेश्वरचोकस्थित बस स्टपमा आगलागी हुँदा चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो ।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको देखिएको छ ।

घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ । घटनाको वास्तविक कारण तथा परिस्थितिबारे छानबिन गर्न समिति गठन भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्