नुवाकोटका युवाहरू लकडाउनको समय गाउँको सडक निर्माणमा जुट्दै(भिडियो सहित)



नुवाकोट,बैशाख-२० । नुवाकोट जिल्लाका युवाहरू लकडाउनको फुर्सदिला समयलाई सिर्जनात्मक काममा लगाउन कम्मर कसेर लागिपरेका छन।जिल्लाको पुर्वी भेगमा अवस्थित  पञ्चकन्या गाउँपालिका वडा नम्बर -५ स्थित भद्रुटारमा युवाहरूले लकडाउनको समयलाई सदुपयोग गर्दै गाउँको सडक निर्माणमा जुटेका हुन।

पछिल्लो समय वर्षासंगै स्थानीय सडक बिग्रन थालेपछि सडक क्षेत्रमा पर्ने भल कटान तथा नाली खन्ने काममा युवाहरु जुटेका छन।भद्रुटारको बुढिसेरा- चुहानडाडा हुँदै पञ्चकन्या  गाउँपालिकाको कार्यलय घलेभन्ज्याङ जोड्ने सडक खण्ड वर्षातले थप जोखिम नहोस् भन्ने हेतुका साथ सडक मर्मतमा लागेको अगुवा युवा महेशप्रसाद सिटौला बताउछन्।

वर्षातले बिग्रन लागेको सडक गाउँस्तरमै युवाहरू एकजुट बनी  निर्माण थालनीमा लागि परेपछि स्थानीय वासिन्दा समेत खुशी भएको स्थानीय शिक्षक रामहरि गिरीले साझापथसंगको कुराकानीमा बताए।लकडाउन र नजिकिदै गरेको वर्षातका कारण विनियोजित रकमले समेत उचित प्राथमिकता पाउन नसकेको भन्दै झण्डै २ दर्जन युवा अहिले भद्रुटारको सडकमा दिनभर खटिएका छन् ।

जिल्लाको सुदुरपुर्वी राजधानी काठमाडौदेखि  गाउँपालिकाको कार्यलय र जिल्लाको पुर्वी क्षेत्र आवतजावतका लागि यस सडकखण्ड स्थानीयले प्रयोग गर्ने सडकमध्ये छोटो सडक खण्डको रुपमा लिने गरिन्छ।

सडक निर्माणको काममा यसरी खटिए युवाहरू भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्