कैलालीमा क्वारेन्टिनमै एक महिला सामुहिक बलात्कार,तीन पक्राउ



कैलाली,असार १ । कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमै एक महिला सामूहिक बलात्कारमा परेकी छन्। यो घटना मध्यरातमा घटेको हो भने आइतबार सार्वजनिक भएको हो ।

पीडित महिलाको उजुरीपछि प्रहरीले क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ।

पीडितले क्वारेन्टिनमै खटिएका दुई स्वयंसेवक र एक स्वास्थ्यकर्मी मिलेर शनिबार मध्यराति आएर सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन्।

लम्कीचुहा नगरपालिकाकै ३१ वर्षीया ती महिला १२ दिनअघि भारतबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। क्वारेन्टिनमा बसेका अन्य सबै परीक्षण गरेर घर गइसकेको र आफू एक्लै भएको अवस्थामा उनीहरू आएर सामूहिक बलात्कार गरेको पीडित महिलाको आरोप छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्