एकैदिन थपिए ५९३ जना संक्रमित,कुल संख्या ११,७५५ पुग्यो



काठमाडौ,असार १२ । विभिन्न जिल्लामा थप ५ सय ९३ जना कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्