प्युठानमा झपक्कै छायो सलह,किसान चिन्तित



प्यूठान,असार १६। प्यूठानको सरुमारानी गाउँपालिका वडा नंवर ३ मा सलह कीराले बाली नष्ट गर्न थालेको छ । शनिबार नेपाल पसेको सलहले वडाका विभिन्न गाउँमा लगाएको खाधान्न बालीमा नोक्सानी पुर्याएको वडाअध्यक्ष भिम बहादुर मर्साङ्गीले बताए ।

‘आकासै ढाक्ने गरि ठूलो संख्यामा सलह देखिएको छ।’ उनले भने,’सलह भगाउन स्थानियहरुले थाल,टिन बजाईरहेका छन ।’ विनाशकारी सलहले सरुमारानी गाउँपालिका–३ को दुमही लगायत टोलमा मकै बाली नष्ट गर्न थालेको हो । मकैका बोट ढल्ने गरी सलह छपक्कै बसेको स्थानियले सुनाए।गाउपालिकाकी कृषि शाखा प्रमुख चम्पा पाण्डेले पनि सरुमारानिको १,२ र ३ नंवर वडामा हुलका हुल सलह देखिएको कामना डेलीलाई बताईन। नोक्सानीको एकिन तथ्याकँ संकलन भईरहेको उनको भनाई छ।
ठुलो संख्याका आइपुगेका सलह मकै बारीसँगैं कलिला पालुवा आएका रुख तथा घाँसमा समेत फैलिएको छ । सो गाउँमा मकै भर्खर पसाउन लागेको थियो।

स्थानीय टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिँडीरहेका छन् । बाली भित्र्याउने बेलामा कीराले नष्ट गरेपछि स्थानीय किसान मर्कामा परेका छन् ।यो समाचार तयार पार्दा सम्म जिल्लाका धेरैजसो स्थानमा समेत सलह देखिएको स्थानियले जनाएका हुन। ५ नम्बर प्रदेश सरकारले सलह किरा ल्याउनेलाई एक किलाको २० रुपैयाँ दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्