यस्तो आयो गुर्जे प्रहरी पोस्टमा रोकिएका नुवाकोटका नेताको प्रतिक्रिया [जस्ताको तस्तै]



गुर्जे चौकीमा छ घन्टा

तोयनाथ थपलिया
लकडाउनदेखि म अधिकांश नुवाकोटको घरमा बस्दै आएको छु । अस्ति 11 गते ओैषधि किन्न काठमाडौं गएर हिजो (शुक्रबार) गाउँ फर्कने क्रममा दिउँसो 1 बजे गुर्जे चौकि आईपुगेँ । शिवपुरी सिल भएकोले जान नमिल्ने कुरा चौकी ईन्चार्जले बताउनुभयो । प्रेस्क्रिप्सन र औषधि देखाउँदै म शिवपुरी 8 को नागरिक बताउँदा अनुमति मिलेन । जिल्लाको आदेश भएमात्र छोडन सकिने बताईयो । म जस्तै औषधि लिएर आएका र जरुर काम परेका 5 वटा बाईक थिए ।

मैले सांसद हितबहादुर तमाङलाई आफ्नो र त्यहाँ भएकाको समस्या सुनाए । वहाँले प्रिजअ लाई फोन गर्नु भयो । त्यो नाकावाट शववाहन र एम्वुलेन्सवाहेक अन्य साधन नछोडने निर्णय भएकोले प्रवेश दिन नसकिने बताउनु भएको कुरा मलाई खवर गर्नु भयो र काठमाण्डौ फर्कन सल्लाहा दिनु भयो । प्रजिअले तपाईलाई राम्रैसंग चिन्छन भनेपछि उहाँसँग नम्वर मागेर मैले फोन गरे । प्रजिअ लेसरलाई 2045 सालदेखी चिन्छु भन्नु भयो । म वहाँलाई नामले चिन्दिनँ, देख्दा चिन्छु चिन्दिन थाहा छैन । मैले शव वाहन र एम्वुलेन्सवाहेक अन्य सवै साधन प्रवेश निषेध गरेको छु । आफ्नै आदेशविपरित अर्को आदेश गर्न असमर्थ छु sorry भन्नु भयो । मैले घर जाने आशा मारे । साँच्चै एम्वुलेन्स र शव वाहन वाहेकका गाडी मोटरसाईकल प्रवेश गर्छन् कि गर्दैनन् केहीवेर बसेर फर्कन्छु भन्ने सोचेँ र बसे । पटक पटक गरी 4 जना सेनाका वाईक पास भए । 3 वटा पव्लिक वाईक प्रवेश गरे ।

त्यसपछि लिखु गाउँपालिकका अध्यक्षको गाडी काठमाडौं र उपाध्यक्षको गाडी नुवाकोटका लागी आईपुगे । लिखु अध्यक्ष धुव्र श्रेष्ठले दाईलाई छोडिदिन भने र गए । शिवपुरी 4 का वडा अध्यक्ष पनि चौकीमा चिनजान हुनाका नातालेमलाई जान दिन सिफारिस गर्दै वाईकमा काठमाडौं प्रवेश गरे । त्यसपछि 72 वर्षका किढनिका विरामी डाईलसिस गरायर टाटा सुमोमा आयर घरजाने अनुमती मागे । उनलाई गल्छीबाट जान भनियो । तत्पस्चात वाग्मती प्रदेशका सांसद केशव पाण्डेको गाडी आईपुग्यो । ड्राईवरले मलाई बोलायो । पाण्डेजीले कता जान लाग्नु भयो किन वस्नु भयो सोधे । गाउँ जाने अनुमति पर्खेर बसेको भने पछि वहाँलाई छोडिदिनुस् म प्रजिअसँग कुरा गरौंला भने र गए । फेरि केही चौकीका सिपाहीका चिनजानका बाइक पास भए ।

मैले सोचे र त्यहाँ भएका भाईहरुसँग भने प्रजिअ, सांसद गृहमन्त्री चिन्नुभन्दा यहाँको एउटा सिपाही चिनेको भए काम लाग्ने रहे छ । त्यही विचमा चौकीको केही तल दाना बोकेको गाडी बिना ईन्ट्री प्रवेश गराईयो । जागरुक कृषि सहकारीको तरकारीको गाडी फर्काईयो । विहान दुधको गाडी प्रवेश दिईएको रहेछ।

मलाई आफुलाई प्रवेश नदिएकोमा भन्दा किमो दिएर आयको गाडीलाई प्रवेश नदिएकोमा पिडा भयो । जनप्रतिनिधिहरुले तिनको ख्याल पनि गरेनन् । साँझ पर्दै थियो । एउटा वाईकलाई जाने अनुमति आयो जानुस् भनेपछि मैले रोके र सोधे अनुमति कस्को । अघि पठाउनु भएका सेता प्लेटका गाडी र मोटरसाईकल शव वाहन हुन कि एम्वुलेनस ? दाना बोक्ने गाडी किन छोड्नुभयो ती कस्का अनुमतिमा छोढनुभयो ? टाटा सुमोको यो बिरामी किन रोक्नु भयो । प्रश्न को उत्तर थिएन र जवाफ पनि आएन ।

त्यतिबेला मात्र मैले आफ्नो परिचय दिएँ । तपाईको गुनासो माथि गर्नुस् मात्र जवाफ आयो । त्यसपछि बिरामीको सुमो छोडियो । मलाई धन्यवाद दिँदै उनिहरु गए । मैले प्रजिअलाई दुई कल गरे फोन उठेन । अनि म्यासेज गरेँ । सर पुलिसका चिनजानका बाईक आतेजाते छन् । सरकारी प्लेटका गाडी दसैंमा बसले प्यासेन्जर बोकेझैं मान्छे कोचेर आय गए । दानाका गाडी प्रवेश भए तरकारीका फर्काईए । शव वाहन र एम्वुलेन्सवाहेक निषेध भन्नु हुन्थ्यो । तपाईको अनुमति हो भने हामीलाई किन अनुमति दिनुभएन ? चौकीको मनोमानी हो भने तपाई चौकी ईन्चार्जलाई के कारवाही गर्नु हुन्छ ? कृपया जवाफको अपेक्षा भनेर पठाएपछि प्रजिअको फोन आयो वडा अध्यक्षको र चौकीको समन्वयमा छोड्न भनेको छु भनेर 10/12 वाईकलाई गन्तव्यमा जान दिईयो ।

मैले आफू नेता भएकाले छोड्न पर्ने धम्कीदिएको आफ्नु मात्र प्रवेशको माग गरेको र केशव पाण्डे र धुव्र श्रेष्ठहरुलाई अनुनय गरेको भन्ने समाचार असत्य हो । उनीहरुले मेरो आग्रहविपरीत छोडिदिन भनेको चै सत्य हो । यथार्थता यही हो । केही अनलाइनले नेकपाको नेताको सान लगाए​को वडाअध्यक्षको जिम्मा छोडिएको काल्पनिक र प्रायोजित समाचार प्रकाशित गरेछन् र चौकी ईन्चार्जलाई ईमान्दार र वफादार भन्दै मेरो चरित्र हत्या गर्ने दुस्प्रयास गरेछन् । चौकी ईन्चार्जले खिचेको फोटो प्रकाशित गरेछन् । म त्यो झुट समाचारको खण्डन गर्दछु ।

कोरोना कहिले समाप्त हुने थाह छैन ? चैत्रदेखिका लकडाउन गरेर कमिसन र घुसखोरीमा रमाउनेहरुले लकडाउनका अवधिमा देशव्यापी जुलुस गर्न लगाएर समुदायमा कोराना फैल्याएका हुन् । कति महिना कति वर्ष लकडाउन र निषेधाज्ञा गरी जनतालाई घरमा थुनेर राख्ने ? अत्यावश्यक काममा आतेजाते रोक्ने, दूध चल्ला दाना तरकारी रोक्ने निर्णय जनविरोधी छ । म यस्ता जनविरोधि निर्णयको निन्दा गर्द छु ।

जन प्रतिनिधि र राजनैतिक पार्टीहरुको तत्काल ध्यानाकर्षण गराउँछु । लकडाउन निशेधाज्ञा वा सिलका नाममा अत्यावश्यक आगमन रअत्यावश्यक वस्तुको ओसारपसारमा प्रतिबन्ध निन्दनीय छ । जिल्ला विपद व्यवस्थापन समितिले अविलम्ब निर्णय सच्याउन आवश्यक छ । जिल्ला प्रतिबन्ध लगाउने चौकीहरु रातमा लेनादेना गरी गाडी पास गर्ने र अत्यावश्यक वस्तु ओसारपसार गर्नु पर्ने जनताको बाध्यात्मक अवस्थाको अन्त्य होस् ।

(नेता थपलियाको फेसबुक पेजबाट साभार)

यो पनि

नुवाकोट प्रवेशनाका गुर्जेमा कडाइ, ८ घन्टा रोकिए नेकपाका जिल्ला नेता

प्रतिक्रिया दिनुहोस्