काठमाडौं उपत्यकामा २ सय ५९ संक्रमित थपिए



काठमाडौं पुस २८ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २३ हजार २८४ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ४२७ जना निको भएका छन्। यसैगरी ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ भने १५ हजार ३६७ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ६३ पुगेको छ । जसमा १११ को मृत्यु भएको छ भने ८ हजार ८६४ जना निको भएका छन्। हाल काठमाडौंमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्