महिला भलिबल टिमलाई टिम अफ दि इयरु अवार्ड



काठमाडौं पुस २८ ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमले टिम अफ दि इयरु अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ुटिम अफ दि इयर अवार्ड प्राप्त गरेको हो ।

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो । महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो ।

यस्तै महिला टिमले १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो । अवार्ड प्राप्त गरेपछि बोल्दै टिमकी कप्तान अरुणा शाहीले एनएसजेएफलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्