विश्वमा ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु



एजेन्सी,पुष २९ । विश्वमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ६८ हजार ३२५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४२ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ३३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ३७ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने ३ लाख ८९ हजार ३७६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ५४२ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६५ हजार ६९८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९३२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्