रक्सीले मातेका बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु



कालीकोट पुस २९ ।

कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिका ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका डीएसपी शाहले जानकारी दिए । त्यस्तै अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

अत्याधिक मदिरा सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधवार बिहान आगो लगाएको डीएसपी शाहले बताए । उनले घर आगो लगाए लगतै विष सेवन गरेका थिए । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्