थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु



काठमाडौं पुस २९ ।

पछिल्लो २४ घण्टामा देशभर ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५४ पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार १४३ पुगेको छ।

संक्रमण पुष्टि भएकामध्ये दुई लाख ५९ हजार ७७२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना मुक्त भएका छन् भने पाँच संक्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमित मृतकको संख्या एक जार ९३७ पुगेको छ। बुधबार सक्रिय संक्रमितको संख्या चार हजार ४३४ रहेको रहेको छ।

प्रतिक्रिया दिनुहोस्