आन्तरिक राजस्व कार्यालय बालाजु परिसरबाट घुस लिने–दिने पक्राउ



काठमाडौं पुस २९ ।

आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगर घुससहित पक्राउ परेका छन् ।

कम्प्युटर अपरेटर शर्माले रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिएबापत ४३ हजार रुपैयाँ घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्