काठमाडौं उपत्यकामा २सय ४६ जना कोरोना संक्रमित थपिए



काठमाडौँ पुस २९ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८९, भक्तपुरमा १९ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १४४ जना कोरोना संक्रमितको आईसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्