इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका १३५ रनमा अलआउट



एजेन्सी माघ ३ ।

पाहुना टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा श्रीलंका १ सय ३५ रनमा अलआउट भएको छ ।

गल्लेमा बिहीबार पहिले ब्याटिङ गरेको श्रीलंका १ सय ३५ रनमा अलआउट भएको हो । इंग्ल्यान्डका बलर चम्किएपछि श्रीलंकाका ब्याट्सम्यानले खुलेर खेल्न सकेन् ।

श्रीलंकाका कप्तान दिनेश चण्डीमालले सर्वाधिक २८ रन जोड्दा एन्जेलो म्याथ्युजले २७ रन बनाए । यस्तै डसुन सनकाले २३, कुशल परेराले २० र हसरंगा डी सिल्भाले १९ रन बनाए ।

इंग्ल्यान्डका डम बेसले सर्वाधिक ५ विकेट लिए । स्टुवार्ड बोर्डले ३ विकेट लिए । घरेलु टिमसँगको दुई खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड श्रीलंकामा रहेको छ । दुई टिमबीचको दोस्रो टेस्ट २२ जनवरीमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्