काठमाडौँ उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिए



काठमाडौं माघ ३ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२०, भक्तपुरमा ३ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १५२ जना कोरोना संक्रमितको आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्