नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ



काठमाडौ,माघ २ । नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई विहीबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका गहतराजबाट ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनार्गन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्