प्रिन्स जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा



काठमाडौं माघ २ ।
युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा पुगेका छन् ।

ब्याडमिन्टनको विश्व महासंघले सार्वजनीक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा पुगेका हुन् । उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् ।

प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका छन् । ब्याडमिन्टनको इतिहासमा प्रिन्सले प्राप्त गरेको सफलतानै नेपालका लागि पहिलो हो । विश्व ब्याडमिन्टन महासंघले महिला, पुरुष र जुनियर गरि तीन विधामा वरियता सार्वजनीक गर्ने गरेको छ ।

जसमा नेपालका प्रिन्सले जुनियरतर्फको विधामा विश्वका उत्कृष्ट तीन खेलाडीमा उक्लिन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्